नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस्ः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नक्कली भूटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस्ः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको हो । उहाँले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउनु भयो ।

उहाँले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गर्नुभयो । महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताउनु भयो ।

महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्नेखालको हुनुपर्ने पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);