रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, कस्तो आउँला फैसला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, कस्तो आउँला फैसला ?

काठमाडौं, १७ जेठ । टिकापुर हत्याकाण्डका मुख्य योजनाकार पूर्वसांसद रेशम चौधरीलाई सरकारले आममाफी दिएपछि दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ । उनीविरुद्ध सर्वोच्च अदालतमा शारदा बोहोरा कडायतले आइतबार रिट दायर गरेकी थिइन् । रिटको सुनुवाइ गर्न आजको लागि अदालतले पेसी तोकेको छ ।

शारदा टिकापुर नरसंहारमा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् । प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिएका थिए । उनी जेठ १५ गते नै डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ ।
संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा थिए । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने हुन्छ । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भएपछि उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);