सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको छः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको छः ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकीर गर्नु भएको हो । अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भएपनि त्यसले कुनै परिणाम नदिने दावी समेत गर्नु भयो ।

सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उहाँले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहो¥याउनु भयो । ओलीले भन्नु भयो, ‘यो सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाएको छ । मुलुकको अर्थतन्त्रको नेतृत्व यो सरकारले गर्न सक्दैन । सक्छ भनेर बहस गर्नु होला । सक्छ भनेर पास गर्नु होला । अर्को वर्षमा परिणाममा हेर्नुहोला । उत्साह, जाँगर र दृढ निश्चय सरकारसँग छैन भन्ने अव छर्लङ्ग भईसकेको छ । सरकार यथार्थपरक होईन यथास्थितिवाद, अग्रगमन होइन, पश्चागमनको मार्गमा छ । नेपाललाई विकसित देशमा रुपान्तरण गर्न, नेपालीलाई सम्पन्न र उच्च जीवन स्तरमा पु¥याउन नसक्ने आफैं स्विकार गरेको बजेटले नेपाली अर्थतन्त्रको सामथ्र्यको अवमूल्यन गरेको छ ।’

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्विकार गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);