३७ अर्व ऋणमा डुबेको बायुसेवा निगमलाई सरकारले यथास्थितिमा आर्थिक सहायता नदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

३७ अर्व ऋणमा डुबेको बायुसेवा निगमलाई सरकारले यथास्थितिमा आर्थिक सहायता नदिने

nepal-air

निगम सुधारको ठोस योजना ल्याउनु पर्ने पर्यटन सचिवको भनाई

काठमाडौं, २७ असार । सरकारले यथास्थितिमा नेपाल वायु सेवा निगमलाई आर्थिक सहायता उपलब्ध गराउन नसक्ने स्पष्ट पारेको छ । शुक्रवार संसदको अर्थ समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ३७ अर्व ऋणमा डुबेको नेपाल वायु सेवा निगमलाई सुधारको ठोस योजना नल्याएसम्म कुनै पनि हालतमा आर्थिक सहायता उपलब्ध गराउन नसकिने प्रष्टयाउनु भएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पनि त्यहीँ रहेको समितिलाई जानकारी गराउनु भयो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहालले निगमलाई सुधारको ठोस योजना तय गरेर समितिमा पेश गर्न निर्देशन दिनु भएको थियो । बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगममाथि हेर्ने दृष्टिकोण नै सही नभएको गुनासो गर्नु भएको थियो । उहाँले निगमले लिएको लोन देख्ने तर त्यसको पूँजी नदेख्ने गर्न नहुने बताउनु भयो । निगमले सरकारसँग ३७ अर्व ऋण तीर्न भन्दै तत्काल २० अर्व बजेट माग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);