तत्काल आर्थिक सहायता उपलब्ध गराउन वायु सेवा निगमको माग | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

तत्काल आर्थिक सहायता उपलब्ध गराउन वायु सेवा निगमको माग

काठमाडौं, २९ कात्तिक । नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बिहीबार स्वेतपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

निगमका अध्यक्ष मदन खरेलले वाईडबढि विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरिएको स्पष्ट पारे ।

वाईडबढि विमानको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न तत्कालै नेपाल सरकारबाट आर्थिक सहायता आवश्यक भएको निगमको भनाई छ ।

निगमले विमानलाई तिर्नुपर्ने कर्जा ३२ दशमलव ८७ अर्व रहेकाले पनि नगद प्रवाहमा संकट आईपरेको स्पष्टिकरण दिएको छ । अध्यक्ष खरेलले यो आर्थिक संकट भने अस्थायी रहेको जनाएको छ ।

चार महिना भित्र वाइडबढि विमानले जापान, दक्षिण कोरिया, चीन र साउदी अरेवियाको उडान भर्ने र त्यसपछि निगमले अधिकतम मुनाफा आर्जन गर्ने अध्यक्ष खरेलको भनाई छ ।

निगमले सीमित स्रोत, साधानका कारण बेलाबेला आफ्नो सेवामा बाधा आउने गरेको पनि स्वेत पत्रमार्फत् जानकारी दिएको छ । अध्यक्ष खरेलले निगमको सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणहरुको उचित व्यवस्था गर्नुपर्ने बताए ।