वैदेशिक रोजगारीमा सीपयुक्त युवामात्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वैदेशिक रोजगारीमा सीपयुक्त युवामात्र

sip

काठमाडौं, २९ असार । वैदेशिक रोजगारीमा जान चाहनेले अब तोकिएको क्षेत्रअनुसार न्यूनतम एक महिनाको सीप तालिम लिनैपर्ने भएको छ । सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार भदौबाट सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने भएका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन भदौबाट एक महिनाको सीप विकास तालिम अनिवार्य गरिएको हो । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानु पर्ने छ ।

वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जादा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था रहेको छ । यसका लागि वैदेशिक रोजगार विभाग र बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम गरिरहेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि भदौबाट अनलाइन प्रणालीमार्पmत तालिमको ट्र्याकिङसमेत गरिने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);