धर्म निरपेक्षताबाट पछि हटे कांग्रेस सकिने प्रचण्डकाे दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

धर्म निरपेक्षताबाट पछि हटे कांग्रेस सकिने प्रचण्डकाे दाबी

prachanda-1

कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा प्रचण्डको आपत्ति

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेस भित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका छन् ।

काँग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा  बहस सुरु भईरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वोल्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने काँग्रेस समाप्त भएर जाने चेतावनी दिए ।

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मूख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिँगै घर भत्काउने दुस्साहस नगर्न पनि काँग्रेस नेतृत्वलाई सचेत गराए ।

अध्यक्ष दाहालले विपी कोइरालाले स्थापना गरेको काँग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न नसुहाउने बताए । उनले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);