आफैले बोकेको मुढाले लग्यो युवकको ज्यान | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चरिकोट, १८ भदौ । बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो ।

 

दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार मुढाले किचेर घाइते भएका उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);