बाजुराको ज्ञानोदय विद्यालयः ३ सय ५० विद्र्यार्थीका लागि जम्मा २० वटा डेक्स | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुरा, मदन विक, १८ भदौ । बाजुराको बडिमालिका नगरपालिका वडा नं. ७ मा रहेको ज्ञानोदय माद्यामिक विद्यालय स्थापना भएको तीन दशक नाघिसकेको छ । तर पनि भौतिक पुर्वाधार अभाव कायमै हुदाँ विद्यार्थीले कठिनाइ झेल्दै आएका छन् । सरोकारवाला निकायले आवश्यक भौतिक पूर्वधार उपलब्ध गराउन नसक्दा विद्यार्थीहरुको पढाइनै प्रभावित बनेको छ ।

 

विद्यालय स्थापनाको तिन दशक वितिसक्दा पनि बाजुरा बडिमालिका नगरपालिका ७स्थित ज्ञानोदय माद्यमिक विद्यालयमा भौतिक पूर्वाधारको अभाव कायमै छ । विद्यालयको भौतिक संरचना जिर्ण बन्दै जादाँ समेत विद्यालयमा आवश्यक डेस्कवेन्च छैनन । ३ सय ५० जना विद्र्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा जम्मा २० वटा मात्रै डेक्स रहेका छन् । विद्यालयका भवन निर्माणका लागि आएको रकम सही सदुपयोग हुन नसक्दा विद्यालय अवस्था नाजुक बनेको विद्यार्थीको गुनासो छ ।

 

 

विद्यालय भवन जिर्ण बन्दै जादाँ वर्षातको समयमा जस्ताबाट पानी छिर्ने भएकाले विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने गरेको छ । भौतिक पूर्वाधारको अभावमा विद्यालयले कठिनाई झेल्दै आएको भएपनि विद्यालय व्यवस्थापन समितिले चासो नदिदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित भएको शिक्षक बताउछन् ।

 

 

शिक्षा क्षेत्रमा वार्षिक करोडौं रुपैंया बजेट निकासा हुने गरेको छ । तर भौतिक पूर्वाधार र दक्ष जनशक्ति अभावमा जिल्लाका कतिपय ग्रामिणक्षेत्रका विद्यालयको अवस्था उकासिन सकेको छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);