पाल्पामा पराल स्याहार्ने क्रममा ट्रयाक्टरले किचेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पामा पराल स्याहार्ने क्रममा ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

death

पाल्पा, २० कार्तिक । पाल्पा जिल्लाको रम्भा गाउँपालिका –४ बगचौरमा ट्रयाक्टरले किचेर एक पुरुषको मृत्यु भएको छ । बुधबार रातको समयमा पराल स्याहार्न प्रयोग गरिएको लु ३ त ९८१२ नम्बरको ट्रयाक्टरले किचेर माथागढी –४ का ६६ वर्षीय टिकाबहादुर जिसीको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतक शारीरिक अपांङ्ग हुनुहुन्थ्यो । ‘राति परालमा सुत्नु भएको रहेछ । रातको समयमा पराल ओसार्न बोलाइएको ट्रयाक्टरले नदेखेर उहाँलाई किच्न पुगेछ’ –मृतकका आफन्तले जानकारी दिनु भयो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको पुष्टि गरेको छ । प्रहरी घटनास्थल पुगेको र थप अनुसन्धान भईरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);