विद्यालय जाँदै गरेकी छात्रा ट्याक्टरले किचेर घटना स्थल मै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यालय जाँदै गरेकी छात्रा ट्याक्टरले किचेर घटना स्थल मै मृत्यु

धनकुटा ,२६ पुष। धनकुटा वजारमा आईतवार विहान विद्यालय जाँदै गरेकी एक छात्राको ट्याक्टरले किचेर घटना स्थल मै मृत्यु भएको छ ।धनकुटा नगरपालिका वडा नं.८ पेलेकपाङ्ग घर भएकी वर्ष १५ की रेविका आठपहरिया राईको विद्यालय आउने क्रममा धनपा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किचेर घटना स्थल मै मृत्यु भएको हो ।

उनी धनपा–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिईन । दुर्घटना करिव आईतवार विहान ९.३० वजेको समयमा भएको हो । उनी आफ्नी वहिनी त्रिवेणी माविमा कक्षा–५ मा अध्ययनरत लोजिना आठपहरियासंगै विद्यालय आउने क्रममा दुर्घटनामा परेकी हुन् ।दुर्घटनामा परि मृत्यु भएकी रेविकासंग त्रिवेणी मावि कै कक्षा–९ मै अध्ययरनत साथी मोनिका आठपहरिया र कक्षा–२ मा अध्ययनरत छात्र प्रतिक आठपहरिया पनि दुर्घटना परेकोवेला संगै थिए ।

उनीसंगै तिनै जना सकुशल रहेका छन् । घट्नामा परी मृत्यु भएकी छात्रा धनपा–८ पेलेकपाङ्ग घर भएका इन्द्र आठपहरियाका जेठी छोरी हुन । उनको २ छोरी त्रिवेणी माविको कक्षा–९ मा जेठी र कान्छी कक्षा–५ मा अध्ययन गर्दै आएका थिए । घटनाका स्थानिय प्रतक्ष्यदर्शी देवान कान्छाले एकछिन विद्यार्थि आउँदैछन् ट्रली नहल्ला भन्दा भन्दै जर्वजस्ती ट्याक्टरका चालकले जर्वजस्ती वालुवा अनलोड गर्दा ट्रली घोप्टीएर विद्यार्थिहरुलाई लागेको वताए ।

उहाले विद्यार्थिहरु भाग्दा भाग्दै एक जनालाई भने ट्रलीले लागेर आफ्नो आँखै अगाडी रेविकाको मृत्यु भएको बताउनु भयो ।धनपा–७ का देवी श्रेष्ठको निर्माणधिन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले ब्लाष्टलाई वताए । ट्याक्टरका चालक भने दुर्घटना पछि भागेर प्रहरीको सम्पर्कमा पुगेका छन् ।

ट्याक्टर दुघ्र्रटनामा परी मृत्यु भएकी छात्रा आफ्नो विद्यलायको कक्षा–९ मा अध्ययरनत रहेकी छात्रा भएको त्रिवेणी माविका प्र.अ.दिपक पोख्रेलले बताउनु भयो ।उहाले घटना दुःखद भएको भन्दै दुर्घटना गराउने ट्याक्टर चालकलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने औल्याए । विद्यालय समयमा असवाधानी पुर्वक ट्याक्टर चलाउने चालकलाई कडा भन्दा कडा कार्वाह्री गरेर पिडित परिवारलाई उचित क्षतिपुर्ति पाउनु पर्ने वताए ।

विद्यालय समयमा व्यस्त वजारमा लोड गाडीहरु प्रवेशमा रोक नलगाउने ट्राफिक प्रहरी समेत घट्ना प्रति जवाफदेही हुनु पर्ने औल्याए । घट्ना पछि मृतक छात्राको लासलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटामा लगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);