सडकको अवस्था राम्रो नहुँदा रसुवा टिमुरेमा सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सडकको अवस्था राम्रो नहुँदा रसुवा टिमुरेमा सास्ती

रसुवा । सडकको अवस्था राम्रो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् । रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ ।

हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासी सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् । टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको गुनासो गरिन् ।

यस्तै अर्का स्थानीय व्यावसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए । धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नती गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ ।

टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले विरामी भएर अस्पताल जान समेत बाटोको कारण समस्यामा परेको दुखेसो पोखिन् । यस्तै रसुवाका पूर्व सांसद(प्रतिनिधि सभा) मोहन आचार्यले सडकको स्तरोन्नती गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताए । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमीले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताए ।

सरकारले यस सडक खण्डलाई एक निर्वाचन एक रणनैतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गरे । यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यको तर्क छ । यो सडक पासाङ ल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ ।

यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकोले पासाङ ल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);