महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बासुदेव बडु । दार्चुलामा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका वडाध्यक्ष पक्राउ परेका छन् ।

मालिकार्जुन गा पा ३ का वडाध्यक्ष मदन सिह धामी एक स्थानीय महिला लाई जबरजस्ती करणी गरेको आरोपमा महाकाली न पा ४ बसपार्क बाट पक्राउ परेका हुन् ।

गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी मालिकार्जुन गा पा ३ का वडाध्यक्ष धामी फरार रहेका थिए । आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष मदन सिह धामी विरुद्ध गत फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएको र उक्त जाहेरीको आधारमा वडाध्यक्ष मदन सिह धामी लाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ ।

पक्राउ परेका वडाध्यक्ष धामी लाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी हिरासत मा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);