फिल्मी सैलिमा मारिए सर्लाही मोहम्मद | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

फिल्मी सैलिमा मारिए सर्लाही मोहम्मद

काठमाडौं । हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको कारमा निस्किएका थिए ।

गौतमका अनुसार फर्किँएर आउँदा साढे ६ बजिसकेको थियो । उनले मोहम्मद बस्ने घर आँगनमा पार्क गर्न गाडी घुमाए । दुईजना व्यक्ति अगाडि बसिरहेका थिए । ‘साइड लाग्न’ भन्दै गौतमले गाडी अघि बढाएर रोके । रोकिने वित्तिकै मोहम्मद गाडीबाट उत्रिएका मात्र के थिए, एक्कासी झिल्कोसहित केही पड्किएको आवाज आयो ।

‘आवाज आउने वित्तिकै झ्यालबाट बाहिर हेरेँ, माथि रातो कपडा र तल जिन्स लगाएको युवकले पेस्तोल ताकेर लखेटिरहेको देखेँ,’ गौतमलेभने, ‘ड्राइभरको सिटमा छु, बन्दुक हानी रहेको देख्छु, के गर्नु सोच्नै सकिनँ ।’ उनी भाग्न खोजे, तर मोहम्मदलाई ती आक्रमणकारीले लखेटिरहेका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार मोहम्मदले गोठाटारस्थित घरको तेस्रो फ्ल्याट पुरै भाडामा लिएर ‘एभेन्जर इन्टरप्राइज’ नामक गार्मेन्ट फ्याक्ट्री चलाइरहेका थिए । त्यहीँ उनका श्रीमती, छोरीसहित अन्य सदस्य बस्दै आएका थिए

‘तल गोली हानेको देख्ने वित्तिकै तेस्रो तलाबाट सुरुमा दोस्रो तलामा रहेको टिनमा, त्यसपछि सिधै तल छोरीले हामफालिन्,’ दाहाल भन्छन्, ‘त्यसपछि उनी लखेट्दै पछि लागिन् ।’

कारका चालक गौतमले प्रहरी कन्ट्रोल १०० मा फोन गरेर गोली चलेको जानकारी गराए । केहीबेरमा प्रहरी आइपुग्यो, आफन्तले नजिकैको शंकरापुर अस्पताल लगे ।

छिमेकी सुस्मिता तिवारीका अनुसार बुबालाई गोली हानेको देखेपछि घरबाट फाल हानेर झरेकी छोरीले पाँच सय मिटरसम्म गोली हान्नेलाई पछ्याइरहिन् ।

‘एकजना मोटरसाइकल लिएर बाटो छेउमै बसिरहेका थिए,’ उनले भनिन्, ‘अर्का पनि पल्सर मोटरसाइकलमा भागेका थिए, जम्मा तीनजना थिए ।’ तर मोटरसाइकलमा भएका उनीहरुलाई छोरीले रोक्न सकिनन् । तिवारी थप्छिन्, ‘बाइकमा भएकालाई पछ्याउन सक्ने कुरै थिएन ।’

प्रहरीले घटनास्थलमा एउटा ‘मेड इन यूएस’ लेखेको पेस्तोल पनि बरामद गरेको छ । मोहम्मदको चाहिँ शंकरापुर अस्पतालमा उपचार सम्भव भएन । टाउकोमा दुई र दाहिने तिघ्रामा एक राउण्ड गोली लागेका उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार राति चिकित्सकहरुले मोहम्मदको मृत्यु भएको घोषणा गरेका छन् । घटनाको अनुसन्धानमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ इल्ताफ हुसेन अन्सारी, जसको समूहमा बसेर सोमबार मारिएका लाल मोहमदले काम गरेका थिए । इल्ताफ हाल जेलमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);