काठमाण्डौँ-२ मा माधव नेपाालको अग्रता, कांग्रेस र विवेकशीलबीच टक्कर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नम्बर २ मा पनि एमालेले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार माधव कुमार नेपालले १ हजार ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका दीपक कुईकेललाई विवेकशील साझाका डा.सूर्यराज आचार्यले कडा टक्कर दिएका छन् । कुईकेलले ४ सय ६८ मत प्राप्त गर्दा आचार्यको ४ सय २३ मत प्राप्त भएको छ ।

कांग्रेसका कुईकेलभन्दा माधव नेपाल ५ सय ६६ मतले अगाडि छन् । पहिलो मतपरिणाम सार्वजनिक गर्दा साझा विवेकशिल दोस्रो रहेकोमा पछिल्लो अपडेटमा तेस्रो भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);