'शान्तिपुर्ण ढंगले निर्वाचन सफल बनाउने हामी सबैको जिम्मेवारी' | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

धनगढी, २९ कार्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पु¥याउने खालका उच्छृंखल गतिविधि गरेको पाइएको कारण सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि बनेको सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो भन्नेतर्फ सजक भई समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए।

प्रधानमन्त्री देउवाले उम्मेदवारहरुमाथि भएको आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारी माथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए। गृहमन्त्रालयको समेत कार्यभार सम्हालिरहेका उनले निर्वाचनलाई शान्तिपुर्ण ढंगले सफल बनाउनु सरकार एवम् जनताका समेत जिम्मेवार रहेको अवगत गराए।

आगामी दिनमा निर्वाचनको सुरक्षामा खतरा पु¥याउन सक्ने सम्भावित पक्षका गतिविधिको नियन्त्रण, निगरानी, अस्वस्थ्य प्रतिस्पर्धा, जबर्जस्ती चंदा संकलन, धम्कीजस्ता गविविधलाई नियन्त्रण गर्न निर्देशन दिदैं प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसंग आग्रह गरेका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);