प्रचण्ड विरामी परेपछि रोकियो महोत्तरी माओवादी केन्द्रका कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रचण्ड विरामी परेपछि रोकियो महोत्तरी माओवादी केन्द्रका कार्यक्रम

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरी आउने कार्यक्रम आज स्थगित भएको छ । अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम  स्थगित गरिएको माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।

आज महोत्तरीको रामगोपालपुरमा अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै ७ वटा वडाको स्वास्थ्य भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो ।’अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने ।

यता महोत्तरीको मनरासिस्वा नगरपालिकामा सीके राउत नेतृत्को जनमत पार्टीको कार्यक्रम छ । नयाँ पार्टीको प्रचारप्रसार र मूल पार्टीको अधिवेशनले अहिले महोत्तरी राजनीतिमय बनेको छ ।

त्यसैगरी औरही नगरपालिकामा पनि शरत् सिंह भण्डारीको सहभागितामा विशाल आमसभा हुने भएको छ । आजै नेपाली कांग्रेस महोत्तरीले जिल्लाका १३८ वटै वडामा अधिवेशनको तयारी गरेको छ । शुक्रबारदेखि नै सिक्षक संघमा आबद्ध शिक्षकहरुलाई निर्वाचन अधिकृतको रुपमा १३८ जना शिक्षकहरु परिचालन गरिसकेको छ ।

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्नेदेखि कांग्रेसको वडा, नगर र जिल्ला अधिवेशनको कारण महोत्तरीमा राजनीतिक दलका नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);