प्रचण्ड भोलि देखि चुनावी सभामा सहभागी हुने | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौँ, ४ मंसिर। पुत्रशोकमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि देखि नै चुनावी सभामा सहभागी हुने भएका छन्। उनी भोलि चुनावी सभामा सहभागी हुने तर सम्बोधन नगर्ने बताएका छन्।

प्रकाश दाहालको मृत्यु भएको खबर पाए लगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।

प्रचण्डको चुनावी क्षेत्र चितवनमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने कार्यक्रम रहेको छ। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।

ताजा समाचार