ओलीलाई भोट माग्न झापा पुगे प्रचण्ड, सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

काठमाडौं, २ मंसिर । झापाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीलाई भोट माग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापा पुगेका छन्।

केही दिनदलेखि उम्मेदवारमाथि श्रृखलाबद्ध रुपमा आक्रमण भईरहेका बेला पूर्व प्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड झापा पुगेपछि त्याहाँको सुरक्षा अवस्था निकै कडा बनाईएको छ।

ओलीको चुनावी क्षेत्र झापा-५ लगायत पूर्वाञ्चलमा हुने चुनावी सभाहरुमा एमाले अध्यक्ष ओली र प्रचण्डसँगै गायिका कोमल वलीपनि कार्यक्रममा सहभागी हुन झापा पुगेकी छिन्।

दुवै अध्यक्षले आज दमक, भोलि काँकडभिट्टा र मोरङका विभिन्न स्थानमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ। वलीका साथमा लोकदोहोरी गायक बद्री पंगेनी लगायत कलाकारपनि झापा पुगेका छन्।

 

ताजा समाचार