स्व: प्रकाश दाहालप्रति पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा श्रदाञ्जली व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

काठमाडौँ, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको खबर बाहिरिसँगै प्रचण्डका पूर्व सहकर्मी डा. बाबराम भट्टराईले श्रदाञ्जली व्यक्त गरेका छन्।

घृदयघात भएर आज बिहान ५ बजेतिर नर्भिक अस्पताल लगिएका दाहालको उपचार हुन नपाउँदै निधन भएको खबर बाहिरियसँगै पूर्व प्रधानमन्त्री तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत श्रदाञ्जली दिएका हुन्। उनले लेखेका छन् – “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु।”

प्रकाश दाहालको बिहानै निधन भएपनि अस्पतालले अहिलेसम्म घोषणा गरेको छैन। चुनावी प्रचारमा झापा पुगेका बुबा प्रचण्ड, चितवनमा रहेकी दिदी रेणु दाहाल र आफन्तहरु अस्पताल आईसकेपछि अस्पतालले मृत्युको घोषणा गर्ने बताईएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);