अन्तिम दौडधुपमा नेता, आज रातिदेखि मौन अवधि | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

अन्तिम दौडधुपमा नेता, आज रातिदेखि मौन अवधि

upa nirwachan

काठमाडौं, ११ मंसिर । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्।

कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदै छ। दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए।

भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ। सभमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन्।

उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुभ्mन र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ। वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन्। अछामको मेल्लेख गाउँपालिकाको वडा नम्वर ५ को अध्यक्षको चुनावी सभालाई नेकपाका नेता भीम रावलले सम्बोधन गरे। उक्त वडाको चुनावी सभालाई कांग्रेसका एनपी साउदले पनि सम्बोधन गरेका थिए। कास्की–२, भक्तपुर १ (१), बागलुङ २ (२ ) र दाङ ३ (२) मा नेकपा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार