आचार संहिता उल्लंघन गरेको आरोपमा मन्त्री बोहोरा विरुद्ध उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, १३ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का वरिष्ठ नेता एवम् स्वास्थ्यमन्त्री दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।

मन्त्री बोहोराले आचारसंहिता विपरित आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो।

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर ५ को शीतलपाटीको थारु गाउँमा गत शनिबार राति २२ थान बिजुलीको पोल बाँडेको अरोप लागेको छ। उनलाई जनताको मत खरिद गर्न प्रलोभन देखाएको आरोप लागेको हो।

मन्त्री बोहोराले आफूले आचारसंहिता विपरित हुने गरी कुनै काम नगरेको भन्दै विद्युत् पोल वितरण गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);