नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

congress metting

काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक भर्खरै पार्टी मुख्यालयमा सुरु भएको हो ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा तीन साता स्थगित गरिएको बैठक आज बसेको हो । खड्काको चैत १६ गते निधन भएको थियो । बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ आफ्ना धारणा राख्ने कार्यक्रम छ ।

गत मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले भोगेको पराजयलाई लिएर यसअघि ४४ जना सदस्यले आ आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । महाधिवेशन सम्पन्न भएको दुई वर्ष वित्दा पनि कांग्रेसले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);