पार्टी एकता अन्तिम चरणमा : बामदेव गौतम | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

पार्टी एकता अन्तिम चरणमा : बामदेव गौतम

काठमाडौं, ६ फागुन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन्।  आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारका सञ्चाकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष गौतमले एक–दुई दिनभित्रै पार्टी एकताको विषयमा टुंगो लाग्ने र सरकारबिस्तार हुने बताए ।

एकता घोषणा भने संघीय संसदको बैठक आह्वान भएपछि मात्र हुने उनको भनाइ थियो । पार्टी एकता संयोजन समितिका सदस्यसमेत रहेका गौतमले पार्टी एक भईसकेको र त्यसमा ‘ता’ जोड्न मात्रै बाँकि रहेको टिप्पणी समेत गरे ।