दासता छिचोलेर उपसभामुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दासता छिचोलेर उपसभामुख

dasata

रुपन्देही, ७ फागुन । बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आईतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा बैठक कक्षको पछिल्लो पंक्तिमा थिइन्, उपसभामुख पदकी उम्मेदवरा कृष्णी थारु । संयुक्त वाम गठबन्धनकी साझा उम्मेदवार कृष्णीविरुद्ध कांग्रेसकी रिना विश्वकर्मा चुनावी प्रतिस्पर्धामा थिईन् ।

निर्वाचनपछि सभामुख पुर्ण घर्तीले परिणाम घोषणा गरे, बहुमत प्राप्त गर्दै कृष्णी थारु उपसभामुखमा निर्वाचित हुनुभएको छ ।
बर्दिया राजापुरकी कृष्णीका लागि यो घोषणा निकै अपत्यारिलो बन्यो । बर्षौ कमलरी दासताले पिल्सिएकी उनका लागि यति ठुलो पदीय हैसियतको निर्णय अप्रत्यासित लाग्नु स्वभाविकै थियो । अपत्यारिलो जस्तो महसुस भयो, उनले भनिन् कहाँको म कुन स्थानमा पुगे, भनेर आफै अचम्मित भएँ ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);