देउखुरीमा आगामी वैशाखसम्म प्रदेश सभा सञ्चालन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

देउखुरीमा आगामी वैशाखसम्म प्रदेश सभा सञ्चालन गर्ने तयारी

ओमप्रकाश गुप्ता
भालुवाङ (दाङ), २६ फागुन ।
लुम्बिनी प्रदेश सरकारले अबको दुई महिनामा भित्रमा राप्ती उपत्यका देउखुरीमा प्रदेश सभा संचालनको तयारी थालेको छ ।

राप्ती गाउँपालिकाको मौरीघाटमा रहेको राप्ती प्राविधिक शिक्षालय क्षेत्रमा अस्थायी संरचना तयार पारेर प्रदेश सभा संचालन गर्ने तयारी भएको लुम्बिनी प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जानकारी दिएका छन् ।

मंगलबार राप्ती गाउँपालिका, राप्ती प्राविधिक शिक्षालय र प्रदेश पूर्वाधार प्राधिकरणसँगको छलफलमा ढिलोमा आगामी बैशाखसम्ममा राप्ती उपत्यकामा प्रदेश सभा संचालन गर्ने गरी काम अघि बढाइएको बताए ।

गत असोज २० गते प्रदेश ५ को नाम र स्थायी राजधानीको टुंगो लगाएको प्रदेश सभाले स्थायी राजधानीमा अस्थायी संरचना निर्माण गरेर भएपनि सचिवालय राखेर प्रदेश सभा संचालन गर्ने तयारीमा जुटेको प्रदेश सभा सदस्य थारुको भनाई छ ।

आगामी आर्थिक वर्ष २०७८। ०७९ को बजेट अधिवेशन राप्ती उपत्यकाबाट संचालन गर्ने योजनाका साथ काममा खटिएको हुँदा सबै क्षेत्रबाट सकारात्मक सुझाव आएको उनले बताए ।

लुम्बिनी प्रदेश सभा संचालनका लागि प्रदेश सभाको संरचना निर्माण र सचिवालय राख्न आवश्यक तयारी स्वरुप उपसभामुख कृष्णी थारु, प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, सचिवालय सचिव दुर्लभ कमार पुन, पूर्वाधार प्राधिकरणका कर्मचारी, सामान्य शाखाका कर्मचारी, गाउँपालिका अध्यक्षलगायतको टोली बीच छलफल भएको थियो । प्रदेश पूर्वाधार प्राधिकरणले हालको अवस्थामा प्रदेश सभा संचालनको लागि हल व्यवस्थापन गर्न र सचिवालयको अस्थायी संरचना निर्माण गर्न करीव ३ करोड लाग्ने प्रारम्भिक अनुमान गरी उपसभामुख थारुलाई जानकारी गराएको छ ।

यसैबीच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले अहिलेको अवस्थामा गाउँपालिका भित्रको संरचना प्रदेश सभा संचालनका लागि प्रयोग गर्न दिन कुनै समस्या नरहेको बताए । प्रदेश उपसभामुखको टोलीलाई उनले स्थानीय समुदायमा परेको प्रभावका बारेमा जानकारी गराएको बताए ।

गत असोज २० गतेबाट रोकिएको जग्गाको कित्ताकाट, जग्गा राखेर बैंकबाट नागरिकले ऋण खान नपाएको, विगतमा सम्झौता भई पूर्वाधार निर्माण गर्न नपाएका स्थानीय नागरिकले पटक पटक गाउँपालिकामा आई ताकेता गरेकाले यस तर्फ पुनर्विचार गर्न आग्रह गरेको बताए ।

नागरिकको गुनासोलाई सम्बोधन गर्न गरेको आग्रहलाई लुम्बिनी प्रदेशको मन्त्रिपरिषदबाट निर्णय गराई सहज वातावरण बनाउन पहल हुने उपसभामुखले बताएको गाउँपालिका अध्यक्ष सुवेदीले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);