सातै प्रदेशका उपसभामुख महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सातै प्रदेशका उपसभामुख महिला

upasavamukh mahila

काठमाडौं, ७ फागुन । प्रदेश ४, ५ र ७ मा आइतबार निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै चयन भएका उपसभामुख पनि महिला नै हुन् । प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् ।

शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । ‘यो संसदीय अभ्यास हो,’ उनले भनिन्, ‘देशलाई सुख र समृद्धिको लक्ष्यमा लैजान भूमिका खेल्नेछु ।’ उनले संविधानले महिलालाई दिएका अधिकार व्यवहारमा कार्यान्वयन गर्नआफ्नो सबैभन्दा ठूलो प्रयास रहने प्रतिक्रिया दिइन् । उनलाई आइतबार नै सभामुख नेत्रनाथ अधिकारीले शपथग्रहण गराए । २००९ सालमा धरानमा जन्मिएकी उनी २०२६ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । , उनी अनेमसंघको पोखरा नगर कमिटी, कास्की अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव भएकी हुन् ।

प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी बर्दियाकी ४२ वर्षीया कृष्णी थारू निर्वाचित भइन् । राजापुर नगरपालिका–४ बर्दियाकी थारूलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो । करिब १७ वर्ष कमलरी र बुक्रेनी बनेकी बर्दिया राजापुर–४ संघर्षनगरकी उनको ८ वर्ष कमलरी बस्दाबस्दै १५ वर्षको उमेरमा विवाह भयो । श्रीमान् पनि कमैया थिए । ‘कमैया बस्दा म बुक्रेनी ९पतिसँगै घरेलु कामदार भएर काम गरेँ,’ उनले भनिन्, ‘साहुले नपढाउँदा विद्यालय जान पाइनँ ।’ ‘मैले कमलरी बस्दा एक रुपैयाँ पनि पाइनँ,’ उनले भनिन्, ‘गरिबीका कारण अब कसैले पनि अर्काको घरमा बन्धक भएर काम गर्न नपरोस् ।’आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);