देउवाका दुःख : पहिले ६४, अहिले १९ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देउवाका दुःख : पहिले ६४, अहिले १९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सरकार गठनको ८८औँ दिनमा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषदुलाई पूर्णता दिँदा विवादरहित बन्न सकेनन् । 

२०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा परेका देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित भएका छन् । नाताले जेठान पर्ने भनिएका गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ । 

२४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा परेका थिए ।शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उनलाई १९औँ नम्बरमा राखेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);