बैतडीमा राप्रपाकाे समानान्तर जिल्ला कार्यसमिति घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडीमा राप्रपाकाे समानान्तर जिल्ला कार्यसमिति घोषणा

raprapa

बैतडी । बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको छ । पूर्वजिल्ला अध्यक्ष प्रेमबहादुर चन्दको अध्यक्षता ५५ सदस्यीय समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको हो । समानान्तर कार्यसमितिको उपाध्यक्षमा पुष्पराज लेखक र गोरखबहादुर चन्दलाई चयन गरिएको छ ।

यसैगरि सचिवमा वीरेन्द्रबहादुर चन्द, सहसचिवमा रामसिंह साउद र कोषाध्यक्षमा गोमती अवस्थीलाई चयन गरिएको छ । यसअघि २० असोजमा सम्पन्न राप्रपा बैतडीको जिल्ला अधिवेशनले इन्द्रदेव शरण भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको थियो ।

उक्त समितिको अध्यक्ष चयन भए पनि अन्य पदाधीकारी र सदस्यहरू चयन गर्न बाँकी छ । आफूहरू अहिले छलफलको क्रममा रहेकाले २/३ दिनभित्र सबै पदाधीकारी र सदस्यहरू टुंगो लगाउने अध्यक्ष भट्टले बताए ।

उक्त कार्यसमितिलाई नमान्ने भन्दै आफ्नो अध्यक्षतामा समानान्तर कार्यसमिति गठन गरिएको चन्दले बताए । राप्रपा, राप्रपा नेपाल र राप्रपा संयुक्तबीच एकीकरण भएको थियो । तर, बैतडी जिल्लामा अझै पनl दुई पक्ष मिल्न सकेका छैनन् । 

२१ जिल्लामा एकीकरणको विषयमा रहेको विवाद अझै नटुंगिएकाले बैतडीमा पनि विवाद कायमै रहेको चन्द पक्षको भनाइ छ । २० असोजको अधिवेशनलाई आफूहरूले नमानेको उनले बताए । उक्त अधिवेशनमा आफूलाई नबोलाइएको उनको भना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);