राप्रपा खोटाङ अध्यक्षमा ललितकुमार चयन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राप्रपा खोटाङ अध्यक्षमा ललितकुमार चयन

खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको अध्यक्षमा ललितकुमार राई चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न प्रथम अधिवेशनबाट राई सर्वसम्मत जिल्ला अध्यक्ष बनेका हुन् ।

२०३७ सालदेखि राजनीित थालेका राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका वडाध्यक्ष पनि हुन् । ६५ सदस्यीय जिल्ला कार्यसमितिको पदाधिकारी एवं सदस्य भने जिल्ला कार्यसमितिको पहिलो बैठकले टुंग्याउने राप्रपाले जनाएको छ । 

राप्रपाकाे प्रदेश क्षेत्र क, ख तथा जिल्ला अधिवेशन पूर्वसभासद अर्जुन राईले उद्घाटन गरेका थिए । अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई अघि सारेको छ । दुवै क्षेत्रीय कार्यसमिति ७७ सदस्यीय हुने राप्रपाले जनाएको छ । क्षेत्रीय कार्यसमितिका अन्य पदाधिकारी पनि चयन गर्न बाँकी छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई चयन भएकी छन् । नगर कार्यसमिति ९५ सदस्यीय हुने राप्रपाले जनाएको छ ।   अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य एवं पर्ययवेक्षक डम्बर सिवाकोटी, केन्द्रीय सम्पादन समितिका सदस्य रवीन राई, केन्द्रीय सम्पादन समितिका सदस्य एवं युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, केन्द्रीय सम्पादन समितिका सदस्य विजयकला राईलगायतको उपस्थिति थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);