पौडेल समूहले घोषणा गर्न सकेन सभापतिका उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पौडेल समूहले घोषणा गर्न सकेन सभापतिका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्नसकेन । पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलनमार्फत बिहीबार सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने बताएका हुन् । ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ उनले भने । चार वर्षमा १४औं महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उनले बताए ।

पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेता उपस्थित थिए ।

नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताए । ‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौं,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);