कैलालीमा शुक्रबारदेखि हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०७९, बिहीबार

कैलालीमा शुक्रबारदेखि हुने भनिएको कांग्रेसको वडा अधिवेशन स्थगित

धनगढी । क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै कैलालीमा शुक्रबारदेखि सुरु हुने भनिएको वडा अधिवेसन स्थगित गरिएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले बिहीबार अर्को सूचना जारी नहुँदासम्म वडा अधिवेशन स्थगित गरिएको जनाएको छ ।

वडा अधिवेशन स्थगित गरिनुमा जिल्लामा हालसम्म क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको कारण देखाइएको छ ।

कांग्रेस कैलालीका नेता यज्ञराज जोशीका अनुसार क्रियाशील नामावली आइपुगेमा २२ भदौमा वडा अधिवेशन गरिनेछ । वडा अधिवेशनका लागि कैलालीमा निर्वाचन अधिकृत आइसकेका छन् ।

कैलालीका लागि निर्वाचन अधिकृत तोकिएका टेकराज सुवेदीले २२ भदौपछि मात्रै कैलालीमा वडा अधिवेशन हुन सक्ने बताए । ‘क्रियाशील सदस्यताका विषयमा कैलालीमा केही समस्या रहेको छ,’ उनले भने, जसका कारण निर्वाचन गर्न केही समय लाग्न सक्ने देखिएकोछ ।’

Leave a Reply