काँग्रेसले प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएकालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काँग्रेसले प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएकालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने

राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने कांग्रेसको तयारी

राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक शक्तिसँग तालमेल गर्ने कांग्रेसको तयारी

काठमाडाैं, ५ माघ । सत्तारुढ नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकालाई राष्ट्रिय सभाको उम्मेदवार नबनाउने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय समिति बैठकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी मापदण्ड तय गर्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेर जानुपर्नेमा जोड दिएका छन् । नेताहरुको सुझाव अनुसार कांग्रेसले राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका दलसँग चुनावी तालमेलका लागि कार्य दल नै गठन गर्ने तयारी समेत गरेको छ ।

आज पनि बैठकको सुरुमै युवा नेताहरुले सभापति शेरबहादुर देउवासहितका नेतृत्वको चर्को आलोचना गरेका थिए । तीन तहको निर्वाचनमा नेतृत्वकै कमजोरीका कारण हार्नुपरेको भन्दै उनीहरुले थप समिक्षा र छलफलका लागि महासमिति बैठक बोलाउन माग गरे । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारबाट सुरु भएको केन्द्रीय कार्य समिति बैठक आजै सम्पन्न गर्न काँग्रेसको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);