पार्टी एकता र सरकार गठनबारे आज वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पार्टी एकता र सरकार गठनबारे आज वार्ता हुँदै

KP-oli-Prachanda

काठमाडौं, १२ पुष। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज वार्ता हुँदैछ ।

सरकार गठन र दुई पार्टीबीचको एकताबारे नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला वाम गठबन्धनका दुई शीर्ष नेताको भेट हुन लागेको हो। दुई दलका अध्यक्षपछि कार्यदलले नीतिगत छलफल गर्नेछ ।

बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच मात्रै र त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच वार्ता हुने दुवै दलले जनाएका छन् । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिले दुवै दलका अध्यक्ष र त्यसपछि दुवै दलका दोस्रो तहका नेताबीच छलफल अघि बढ्ने बताए । चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् ।

पार्टी एकता पहिला कि सरकार गठन, सरकारको नेतृत्व आलोपालो हुने वा एकल जस्ता विषयमा दुई पार्टीका नेताहरूबीच फरक फरक धारणा आइरहेका बेला दुई शीर्ष नेताबीच छलफल हुन लागेको हो। एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक छन्।

पार्टी एकता र स्थीर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकोले चासोका साथ हेरिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);