प्रदेश २ मा नेकपा माओवादी केन्द्रका दुई नेताले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका दुई नेताले लिए सपथ

जनकपुर । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेताले मन्त्रीको सपथ ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्णले शपथ ग्रहण गरेका हुन्।

शनिबार प्रदेश प्रमुख डा. राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमंत्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका छन्।

शनिबारबाट प्रदेश २ मा नेकपा माओवादी केन्द्र पनि सत्तारुढ दल बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);