वाईडवडीका भ्रष्टाचारीलाई विना पुर्वाग्रह कारवाही गर्नुपर्छ : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वाईडवडीका भ्रष्टाचारीलाई विना पुर्वाग्रह कारवाही गर्नुपर्छ : नेपाल

काठमाडौं, ३० फागुन । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पुर्वाग्रह कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पुर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पुर्वाग्रह नराखी कारवाही गर्न माग गर्नुभएको हो ।

उहाँले तारा गाउँ, वाईडवडी, न्यारोवडी लगायतमा आर्थिक अनियमितताका कैंयौ प्रश्न उब्जिएकाले ती विषयमा सरकारले तत्काल अध्ययन अनुसन्धान गरी दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “तारा गाउँ, वाइडवडी र न्यारोबडी सबैमा अनेक किसिमका प्रश्नहरु खडा भएका छन् । वाईडवडीमा त देखा देखी बद्मासी छ । त्यो भईसकेपछि त्यसलाई छानविन, अगाडि बढाउने, कारवाहीको विषय बनाउने । जो सुकै होस् छोड्ने कुरा आउँदैन । जो सुकै जुनसुकै क्षेत्रमा होस् । आग्रह पालेर गर्नुपर्ने केही आवश्यकता छैन । पुर्वाग्रह पाल्नुपर्ने केही आवश्यकता छैन । दोषीले सजाय भोग्नुपर्छ ।”

उहाँले विकास निर्माण लगायतका आयोजनाहरु बनाउँदा दीर्घकालिन सोचका साथ कार्ययोजना बनाउन सुझाव दिनुभयो । छोटो समयमा नै असफल देखिने योजनाहरु बनाईएको भन्दै उहाँले संभावित आवश्यकता र प्रभावको आँकलन गरेर योजना तर्जुमा गर्न आग्रह गर्नुभयो ।

लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलमा बनाईएको एरोवृजको उदाहरण दिंदै त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको जग्गा प्रयोग, बालुवाटारको प्रधामन्त्री निवास र मन्त्री क्वाटरका भवन निर्माणमा पनि दीर्घकालिन सोच राख्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “कति आउँछन् लुम्बिनीमा त्यो सबै सोचेर बनाए हुँदैन ? त्यसको पार्ट वान अहिले लागु गरौ । पार्ट टु त्यसपछि लागु गरौ । पार्ट थ्रि त्यसपछि लागु गरौ । पार्ट वानमा एरोवृज छँदै छैन ।”

उहाँले टर्किस एयरलायन्सले काठमाडौमा लिने हवाई इन्धनको मुल्य अत्यन्तै बढी भएकाले उडान नै स्थगित गर्ने संभावना रहेकाले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);