राप्रपा सम्बद्ध महिला संगठनले दर खाने पैसा मृगौला पीडितलाई सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

राप्रपा सम्बद्ध महिला संगठनले दर खाने पैसा मृगौला पीडितलाई सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध महिला संगठनले तीजको दर खाने जमघटको साटो मृगौला पीडितलाई सहयोग गर्ने भएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको जनाएको छ ।

राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावना बमोजिम यसपालीको तीजमा जमघट गरेर दर खाने कार्यक्रम नगर्ने, बरू सोही रकम जम्मा गरेर मृगौला पीडितलाई सहयोग गर्ने निष्कर्ष लिएको नेतृ विन्दा गिरी भनाई छ ।

Leave a Reply