१५ महिनापछि माधव नेपालको पार्टी नेपाली राजनीतिमा स्यालको सिङजस्तै हराउने निश्चित छ : सूर्य थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

१५ महिनापछि माधव नेपालको पार्टी नेपाली राजनीतिमा स्यालको सिङजस्तै हराउने निश्चित छ : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले एमालेबाट टुक्रिएर गएका माधवकुमार नेपालको पार्टी नेपाली राजनीतिमा स्यालको सिङ जस्ते हराउने निश्चित भएको बताएका छन् ।

नेता थापाले बिहीबार ट्वीट गर्दै माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी आगामी चुनाव पछि नेपाली राजनीतिमा स्यालको सिङ जस्ते हराउने निश्चित भएको बताएका हुन् ।

निर्वाचन अघि भारत र अमेरिकी सरकार कृत्रिम युद्धको तयारी गर्दै कहिलो पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खोज्दै कृत्रिम योजनामा धावा बोलेर चुनाव जित्ने क्रम केही दशकयता जारी रहेको उल्लेख गर्दै नेता थापाले नेपालमा भने चुनाव अघि एमाले फुटाउने टुक्र्याउने र चोइट्याउने गर्दै आएको बताए ।

उनले लेखेका छन्–‘‘प्रायस्आम निर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन्। अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खोज्दै कृत्रिम योजनामा धावा बोलेर चुनाव जित्ने गर्छन्,केही दशकयता यो क्रम देखिंदै आएको छ१ नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने,टुक्र्याउने रचोइट्याउने गर्दै आएको देख्न पाइन्छ, २०५६ मा वामदेवले, २०६९ मा अशोक राई( राजेन्द्र श्रेष्ठले र २०७८मा माधव कु।नेपालले यो अपराधपूर्ण कार्य गरेका छन्।’’

२०५६ मा एमाले फुटाएका बामदेव गौतमको प्रधानमन्त्री हुने सम्भावना सँधैका लागि सकिएको र जति छटपटिए पनि अर्थ नभएको थापाको तर्क छ । त्यसैगरी २०६९ सालमा एमाले फटाएका अशोक राई र राजेन्द्र श्रेष्ठ हाल मधेशी पार्टीमा पुगेर अंगिकृत नागरिक जस्तो हुन पुगेको उनले उल्लेख गरेका छन् । यही क्रममा हाल एमाले विभाजन गरेका माधव कुमार नेपालको हरिबाजोग मात्रै हेर्न बाँकी रहेको उनको भनाई छ । एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरु जनताले नजिकबाट हेरेको उल्लेख गर्दै आगामी निर्वाचनमा जनताले दण्ड दिन पर्खिरहेकाले माधवकुमार नेपालको पार्टी आगामी निर्वाचन पछि हराउने उनको तर्क छ ।

उनले लेखेका छन्–‘‘अब देख्न बाँकी माधव कु।नेपालको हरिबिजोग मात्रै रहेको छ।१५महिनापछि उनको पार्टी नेपाली राजनीतिमा स्यालको सिङजस्तै हराउने निश्चित छ।किनकि,जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन्।’’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);