संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने छिनोफानो आज | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने नपाउने छिनोफानो आज

काठमाडौं । संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने भन्ने विषयको विवाद बिहीबार सर्वाेच्च अदालतले निरुपण गर्ने सम्भावना देखिएको छ ।

प्रधानन्यायाधीश संवैधानिक परिषद् सदस्यसमेत हुन् । उनी सहभागी बैठकले गरेका निर्णयविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न पाउने वा नपाउने विवादको निरुपणा सर्वाेच्चले टुंग्याउने भएकाे हाे ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानन्यायाधीशसमेत सहभागी रहेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट परेको थियो । सो रिटकाे सुनुवाइ संवैधानिक इजलासमा हुने निर्णय भएकाे थियो ।

सो इजलासमा प्रधानन्यायाधीश बस्न पाउनुपर्ने र बस्न नहुने भन्दै दुवै माग राखेर परेका छुट्टाछुट्टै रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो । सो रिटको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);