बाराका स्वास्थ्य संस्थामा औषधीको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाराका स्वास्थ्य संस्थामा औषधीको चरम अभाव

श्याम गुप्ता
बारा, ७ वैशाख । बाराका सरकारी स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । विगत पाँच महिनादेखि औषधिको अभाव हुँदा स्थानीय तहले अझैसम्म खरिद गरेको छैन । बिरामीहरु चर्को मूल्यमा नीजि स्वास्थ्य संस्थाबाट औषधि खरिद गर्न बाध्य छन् ।

७० प्रकारका औषधि नि:शुल्क पाइने भएपनि विगत पाँच महिनादेखि औषधि नभएको स्वास्थ संस्थाको भनाई छ । गाउँपालिकालाई लिखित रुपमा औषधि माग गरेपनि सुनुवाई नभएको चिकित्सकले गुनासाे गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहले औषधि खरिद गर्नुपर्ने भन्दै पन्छिएको छ । स्थानीय तहले औषधिको खरिद प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिएको छ । १६ वटा स्थानीय तह रहेको बारामा ९४ वटा स्वास्थ्य संस्था छन् । अधिकांश स्वास्थ संस्थामा औषधिको चरम अभाव भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);