कार्यविधि विपरित विद्यार्थी भर्ना गरेको भन्दै चिकित्सक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कार्यविधि विपरित विद्यार्थी भर्ना गरेको भन्दै चिकित्सक आन्दोलित

doctor andolan

काठमाडौं, ११ बैशाख । चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातकोत्तर तहमा कार्यविधि विपरित विद्यार्थी भर्ना गरेको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । छात्रवृति छनोट गर्दा दुर्गम क्षेत्रमा कम्तिमा २ बर्ष कार्यरत चिकित्सकहरुलाई प्राथमिकतामा राख्नुपर्ने भएपनि चिकित्सा शास्त्र अध्ययन संस्थाले कार्यविधि विपरित विद्यार्थी भर्ना गरेको चिकित्सकहरुको आरोप छ ।

चिकित्सकहरुले आफूहरुले लिखित खबरदारी र स्वास्थ्य मन्त्रालयको निर्देशन लत्याउँदै आइओएम डिन कार्यलयले मनोमानी रुपमा विद्यार्थी भर्ना गरेको दाबी गरेका छन् । आइओएमले निर्णय नसच्याए सडक संघर्षमा उत्रने उनीहरुको चेतावनी छ ।

उनीहरुले कार्यविधि र स्वास्थ्य मन्त्रालयको निर्देशन विपरित भएको परिक्षाफल तत्काल रद्द गरी पुनः छनोट प्रक्रिया गर्न मागसमेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);