बाराका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाराका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव

aausadhi

श्याम गुप्ता
बारा, ७ बैशाख । बाराका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ । विगत पाँच महिनादेखि औषधिको अभाव हुँदा पनि स्थानीय तहले खरिद गरेको छैन् । औषधि नहुँदा बिरामीहरु चर्को मूल्यमा नीजि स्वास्थसंस्थाबाट औषधि खरिद गर्न बाध्य छन् ।

बाराका स्वास्थ संस्थामा औषधिको चरम अभाव भएको हो । स्थानीय तहले खरिद नगर्दा औषधिको अभाव भएको हो । स्वास्थ संस्थामा औषधि अभाव हुँदा बिरामीहरुले चर्को मूल्यमा नीजिबाट औषधि खरिद गर्न बाध्य भएका छन् । ७० प्रकारका औषधि निशुल्क पाइने भएपनि विगत पाँच महिनादेखि औषधि नभएको स्वास्थ संस्थाको भनाई छ । गाउँपालिकालाई लिखित रुपमा औषधि माग गरेपनि सुनुवाई नभएको चिकित्सकको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहले औषधि खरिद गर्नुपर्ने भन्दै पन्छिएको छ । स्थानीय तहले औषधिको खरिद प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिएको छ । १६ वटा स्थानीय तह रहेको बारामा ९४ वटा स्वास्थ्य संस्था छन् । अधिकांश स्वास्थ संस्थामा औषधिको चरम अभाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);