पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका युवाहरु संरक्षणमा जुटे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका युवाहरु संरक्षणमा जुटे

panchebaja

नवराज श्रेष्ठ,
रामेछाप , ७ बैशाख । आफ्नो लोक सांस्कृतिक परम्परा बोकेको पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका युवा संरक्षणमा जुटेका छन् । पश्चिमेली शैलीका कारण मौलिक पञ्चेबाजा लोप हुन लागेको भन्दै युवाहरु संरक्षणमा जुटेका हुन् ।

पञ्जेवाजा संरक्षण समाज संस्था नै दर्ता गरेर युवाहरु संरक्षणमा जुटेका हुन् । पश्चिमेली शैली भित्रिँदै गएपछि मौलिक पञ्चेबाजा जगेर्ना गर्न युवाहरु जुटेका हुन् । पञ्चेबाजा पुराना पुस्ताबाट सिकेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने युवाहरुको योजना छ । शुभकार्य, बिबाह, ब्रतबन्ध, कुल पुजा, उत्सबमा बजाइने पञ्चेबाजा संरक्षणका लागि सरकारले चासो दिनुपर्ने सरोकारवालाको भनाई छ । स्थानीय तहले पञ्चेबाजा संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक बजेट समेत विनियोजन गरेको छ ।

पछिल्लो समय पञ्चेबाजा लोप हुन लागेको अवस्थामा युवाहरु संरक्षण्मा जुट्नु सकरात्मक हो । पञ्चेबाजा संरक्षणका लागि सबैले साथ र सहयोग गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);