स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २४ २०८३, बिहीबार

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन्ः स्वास्थ्यमन्त्री पौडेल

भाद्र १०, २०८१ सोमबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ ।सोमवार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनु भयो । उहाँले अस्पतालहरुमध्येमा प्रसुती तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको बताउनु भयो ।

उहाँले अहिलेको साधन श्रोतभित्र रहेर अस्पतालले गरेका कामहरु राम्रो रहेको बताउनु भयो । उहाँले उपलब्ध साधनश्रोत र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो । नेपालमा स्वास्थ्यकर्मीहरुको जनशक्ति सिमित रहेको पनि बताउनु भयो ।
स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले तीन सय शैय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनु भयो ।

Leave a Reply