मेलम्ची पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मेलम्ची पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाई सरकारको आग्रह

काठमाडौं, ३ माघ । सरकारले मेलम्ची पानीको गुणस्तरमा शंका नगर्न उपभोक्तालाइ आग्रह गरेको छ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरेको दाबी गर्दै गुणस्तरमा शंका नगर्न उपभोक्तालाइ आग्रह गरेको हो ।

मन्त्रालयले पुराना पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि सफा पानी प्रवाह हुँदै जाने बताएको छ । पानी वितरणका क्रममा अनुगमन गर्नका लागि मेलम्ची खानेपानी विकास समिति आयोजना कार्यान्वयन निर्देशनालय तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गरिएको छ ।

पदमबहादुर कुवँरको संयोजकत्वमा गठित चार सदस्यीय समितिलाई समस्याबारे जानकारी गराउन पनि मन्त्रालयले अपिल गरेको छ । समितिले पानी धमिलो आउने समस्या, केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा भइरहेको चुहावट समाधान गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);