बाजुराको दहकोट अबको दुई महिनामै सडक सञ्जालमा जोडिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बाजुराको दहकोट अबको दुई महिनामै सडक सञ्जालमा जोडिदै

बाजुरा, १५ फागुन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विशेषत भौतिक विकासका काममा तिव्रता आएको देखिन्छ । अझ स्थानिय तहको ध्यान सडक निमार्णतर्फ नै धेरै रहेको छ ।

बाजुरामा पनि यतिबेला ग्रामिण सडकहरु धमाधम निर्माण हुन थालेका छन् । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा अहिले प्रत्येक वडा गाउँ बस्ती बस्तीसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक निर्माणलाई नै पहिलो प्राथमिकता दिइएको पाइन्छ ।

जिल्लाकै अति दुर्गम गाउँपालिकाको रुपमा रहेको गौमुल गाउँपालिकाको साविकको दहकोट गाविसका स्थानीयहरुलाई सडक सञ्जालमा जोड्न यतिवेला घटमुना देखि दहकोटसम्मको वीचमा पर्ने कडा चट्टान फोड्ने काम भइरहेको छ ।

गौमुल गाउँपालिका प्रदेश सरकार र संघीय सरकारको सहयोगमा उक्त सडक निर्माण पछि साविकको दहकोट गाविस सडक संजालमा जोडिने छ । बाजुराका ९ ओटा स्थानीय तह र साबिकका २७ गाबिसहरु मध्य साबिकका दुई ओटा गाबिस मात्र सडक संजालमा जोडिन बाँकि रहेका छन् । जसमा गौमुल गाउँपालिकाको दहकोट अबको दुई महिनामै सडक सञ्जालमा जोडिने भएको छ ।

दुर्गम र बिकटमा पर्ने गौमुल गाउँपालिकाको साबिक दहकोटका स्थानीय यस अघि निकै दुख कष्टका साथ  भिर वारपार गरेर सदरमुकाम आउने र जाने गरेका थिए । स्थानीय तहको निर्बाचन भइसकेपछि कोल्चे भिरलाई गाउँपालिकाको गौरवको योजना बनाइ काम भइरहेको छ ।

गौमुल गाउँपालिकाको साबिकको दहकोटका स्थानीयका लागी आवतजावतको बैकल्पीक बाटो नहुँदा काल्चे भिरमा यसअघी धेरै मान्छेले आवतजावत गर्दा ज्यान समेत गुमाई सकेका छन् ।

असहज तरिकाले हिड्डुल गर्ने बाटोमा नयाँ बर्षदेखी गाडी गुड्ने भएपछी स्थानियमा खुशी छाएको छ । हाल दुई ओटा ठेकेदार कम्पनिले सो सडक निर्माणको जिम्मा लिएर सडकको निर्माण कार्य तिव्र गतिमा भईरहकोले २ महिनामा दहकोटसम्म सडक पुग्ने स्थानीयहरुमा आशा पलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);