पुर्वाधार निर्माणको पहिलो प्राथमिकतामा सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पुर्वाधार निर्माणको पहिलो प्राथमिकतामा सडक

विकटलाई निकट वनाउन सडक आवश्यक

पोखरा, २२ पुस । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिविधी संचालन गर्न सहज भएको छ । तर देशका अधिकांस स्थानीय तहमा विकासको पहिलो प्राथमिकतामा भने सडक पर्ने गरेको छ । पोखरा महानगरपालिका वाड नं. २० मा पनि पुर्वाधार निर्माणको पहिलो प्राथमिकतामा सडक नै परेको छ ।

साविकको भलाम गाँउविकास समिति र मौजा गाउँ विकास समिति पोखरा महानगरपालिकामा गाभिएपछी यो क्षेत्र पोखरा महानगरपालिका २० भएको छ ।

यसलाई पोखराकै दुर्गम वडाका रुपमा लिने गरिएको छ । स्थानीय तहको निर्वाचनपछी वडामा आएका जनप्रतिनिधीले यहाँको विकासमा तिव्रता दिएका छन् ।

तर देशका अन्य स्थानीय निकायमा जस्तै यहाँ पनी सडक निर्माण नै पहिलो प्राथमिकतामा रहेको छ । जनप्रतिनिधिको तर्क छ , सडक भए अन्य पुर्वाधार निमार्णमा सजिलो हुन्छ ।

पुर्वाधारको विकासले पछि परेको यो वडामा अहिले सडक निर्माणको कार्य धमाधम भइरहेको छ । पोखरा शहरसंग जोड्ने र वडा नं २० लाई अन्य स्थानीय निकाय तथा पर्यटकीय केन्द्रसंग जोड्ने सडकहरु निर्माणको प्राथमिकतामा परेका छन् ।

भलाम तथा मौजा जोडिएको यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि परिचित छ । यहाँको सामुदायीक होम स्टेलाई सरकारले पनि प्राथमिकतामा राखेको छ । यता मौजा क्षेत्र व्यवसायिक वाख्रा पालनको पकेट क्षेत्र वन्न सक्ने हुनाले पनि समृद्ध वडा वनाउनका लागि यो क्षेत्रमा सडक निर्माणले प्राथमिकता पाएको हो ।

पोखरा महानगपालिकाका जनप्रतिनिधिले विकटलाई निकट वनाउने गरि शुरु गरेको सडक निर्माण अभियानले महानगरको समानुपातिक विकासको अवधारणालाई सार्थक वनाउने संकेत देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);