बाराको राष्ट्रिय वनक्षेत्रमा काठ तस्करी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाराको राष्ट्रिय वनक्षेत्रमा काठ तस्करी बढ्यो

बारा, १४ फागुन । प्रदेश नं.२ अन्तर्गत रहेको डिभिजन वन कार्यालय बाराको वन क्षेत्रमा गाडी नै हुलेर काठ गोलाई चोरी तस्करी हुने क्रम अझै रोकिएको छैन । गत माघ १२ गते वन क्षेत्रमा गाडी नै हुलेर सालको गोलाई चोरी तस्करी भएपछि यो क्रम अझै नरोकिएको रहस्य खुलेको हो ।

निजगढ सव डिभिजन वन कार्यालयको भलुवाहीखोर राष्ट्रिय वन क्षेत्र सडक नजिकैबाट करिब दुई लाख बराबरको ७ थान सालको गोलाई चोरी तस्करी भयो । त्यसको दुई दिन नबित्दै वन गस्तीले बारा रौतहट जिल्लाको सिमना नजिकै सिमरी वन क्षेत्रमा लुकाई राखेको अवस्थामा ९ थान सालको हरियो गोलाई फेला प-यो ।

जुन डिभिजन वन कार्यालय रौतहट मातहतको जंगल राष्ट्रिय वन क्षेत्रको हो । यसरी बाराका राष्ट्रिय वन क्षेत्रमा काठको गोलाई चोरी, तस्करी सामान्य जस्तै भएको छ ।

बाराका बन क्षेत्रमा साईकल, मोटर साईकलको प्रयोग गरि काठ, गोलाई चोरी तस्करीका घटना बारम्बार भइरहेका छन् । वन कर्मचारीले यस्ता घटनामा थोरै सफलता पाएपनि अधिकांश घटना उनिहरुको नियन्त्रण बाहिर छन् ।

चोरी तस्करी नियन्त्रणका लागी खटिने कर्मचारीका लागी तलव, सुविधामा बार्षिक २ करोड भन्दा बढी खर्च हुन्छ । तर चोरी तस्करी नियन्त्रण हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);