किन जितिया पर्वलाई कठोर पर्वका रूपमा लिइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

किन जितिया पर्वलाई कठोर पर्वका रूपमा लिइन्छ ?

jitiya parba5

शम्भु माली

कपिलवस्तु, ५ असोज । जिवित छोराहरुको सुख शान्ति र चिरायूको कामना गर्दै निर्जल ब्रत बसी मनाइने जितिया पर्व तराईमा मनाइएको छ । शनिबारबाट शुरु भएको जितिया पर्वमा तराइका जिल्लाका महिलाहरूले २४ घण्टा व्रतमा बस्ने गर्दछन् । व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यसलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

तराईका महिलाहरुले आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त निर्जल ब्रत बसेर मनाइने जितिया पर्व शनिबारबाट शुरु भएको छ । यो पर्वमा खासगरि आमाहरूले आफ्नो जिवित पुत्रहरूका लागि व्रत बस्ने गर्दछन् । यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ । सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन रहेको छ ।

जितिया पर्वमा नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास छ । यो पर्वमा जीतमहान गोँसाईँको पूजा गरी कठोर व्रत बस्ने परम्परा छ । त्यही परम्परा अनुसार यो पर्व कपिलवस्तुका मधेसी तथा थारु समुदायका महिलाहरुले पनि मनाएका छन् ।

यस पर्वमा एकाविहानै उठी नजिकको जलाधार अथवा नदि पोखरी ताल तलैयामा गएर स्नान गरी तोरीको तेल र खरु चढाउने परम्परा छ । व्रत बस्नेहरुले बरको विरुवामा धागो बाँधी पुजा गर्ने चलन छ । व्रतको अघिल्लो दिन आमाहरुले स्नान गरेर चोखो खानेकुरा सेवन गर्दछन्, यसलाई खर जितिया पनि भनिन्छ ।

भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए । उनीमाथि महादेवको कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । आइतबार अष्टमी तिथिमा व्रतालुले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);