आजदेखि यातायातको टिकट बुकिङ खुला, कमजोर व्यवस्थापनका कारण सास्ती | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

आजदेखि यातायातको टिकट बुकिङ खुला, कमजोर व्यवस्थापनका कारण सास्ती

ticket line

अप्सरा गौतम

काठमाडौं, ५ असोज । दशैंका लागि आईतबारबाट अग्रीम टिकट बुकिङ सुरु भएको छ । टिकट खुलेसंगै यतिबेला काठमाडौंको नयाँबसपार्क गोगंबुमा टिकट लिनका लागि सर्वसाधाराणको भिड देखिन्छ । सरकार र यातायात व्यवसायीहरुले टिकट काउन्टर लगायत लाईनको राम्रो व्यवस्थापन गरेको दावी गरिरंहदा टिकट लिने ठाउँको व्यवस्थापकीय पक्ष कमजोर देखिन्थ्यो । टिकट लिन बसपार्क पुगेका सर्वसाधारणले कमजोर व्यवस्थापनका कारण टिकट लिनका लागि ४ देखि ६ घण्टासम्म लाईन बस्नु परेको गुनासो गरेका छन् ।

यो लाईन हो गोगंबु बसपार्कको । दशैंमा आफ्नो गाँउ घर ठुलाबडाको हातको आर्शिवाद र टिका थापेर दशैं मनाउन जानका लागि टिकट लिनेको लागि लाईन बस्ने गरेको छ । दशैंका लागि सरकार र यातायात व्यवसायी विच निर्णय भए अनुसार असोज ५ गतेबाट अग्रीम टिकट बुकिङ खुला भएपछि सर्वसाधारणहरु बिहानको ४ बजेपछि देखि टिकट लिनका लागि गोगंबु बसपार्क पुगेका छन् । यसरी हरेक  दशैंमा राती देखी ४ देखी ६ घण्टासम्म टिकट लिनका लागि लाईन बस्नुपर्ने नेपालीहरुको बाध्यता बनिसकेको छ । यसरी राती देखि ६ घण्टा सम्म लाईन बस्दा पनि टिकट नपाईएको कतीपयको गुनासो छ । लाईन बसेर टिकट लिनुपर्ने भएकाले बिच बाट मानिसहरुको घुसपैठ हुने र एकै मानिसलाई ४० वटा भन्दा बढी टिकट दिएका कारण टिकट लिन लाईनमा बसेकाहरु आफुहरुले टिकट नपाउने होकी भन्ने त्रासमा देखिन्थे । व्यवस्थापन पक्ष फितलो भएका कारण टिकट लिन सास्ती भोग्नु परेको सर्वसाधाराणको गुनासो छ ।

यसरी जथाभावी टिकट बिक्रिवितरण भईरहदा पनि अनुगमन टोली भने निस्क्रिय जस्तो देखिएको छ । तर उपभोक्ताकर्मी भने अनुगमन भईरहेको र टिकटमा अनियमिततम भएको पाईएमा कार्वाहि हुने बताउछन् ।

यसरी सर्वसाधारणले टिकटमा अनियमितता भएको र व्यवस्थापन राम्रो नभएको बताईरहदा यातायात व्यवसायीहरुले भने सर्वसाधारणले टिकट सजिलै पाउने बताउँछ । नागरिकले विचौलियाबाट यात्रु नठगिउन भनी सिभिल प्रहरी परिचालित गरीएको छ । राजधानीका १४ ठाउँहरुमा नागरीक सहायता कक्ष खडा गरीएको छ । नागरिकले सजिलैसंग टिकट पाउनका लागि व्यवस्थापन राम्रोसंग गरिएको व्यवसायी बताउँछन् ।

यस पटक व्यवसायीहरुले भाडादरमा भने वृद्धि गरेका छैनन् । सरकाले तोकेको शुल्क मापदण्ड अनुसार नै भाडा लिईएको छ । तर यस पटक व्यवसायीहरुले दशैंका लागि भनेर नयाँ बस भने थपेका छैनन् जसका कारण कारण पनि सर्वसाधारणले सास्ती पाउने देखिन्छ । सुगम ठाउँहरुमा धरै बसहरु चल्दछन् तर बझाङ, डोटी लगायतका दुर्गम क्षेत्रमा बस कम चलने हुदा यस पटकको दशैंमा दुर्गम क्षेत्रका यात्रुहरुले सास्ती पाउने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);